सेनाले जबरजस्ती कोरोना संक्रमित बिरामीहरुलाई पाकिस्तान नियन्त्रित काश्मिर र गिलगितमा सार्दै


 


मीरपुर, चैत्र १४
स्थानीयवासीको कडा विरोधको बीचमा पाकिस्तान सेनाले कोरोना संक्रमित बिरामीहरुलाई पञ्जाब प्रान्तबाट पाकिस्तान नियन्त्रित काश्मिर (पीओके) र गिलगित बाल्टिस्तानमा सार्न सुरु गरेको छ।

पीओकेस्थित स्रोतहरूका अनुसार पंजाब प्रान्तलाई सुरक्षित गर्न मीरपुर र पाकिस्तानले कब्जामा रहेको क्षेत्रका अन्य प्रमुख शहरहरूमा विशेष क्वारेन्टाइन केन्द्रहरू स्थापना गरिएको छ किनकि सेनाको शीर्ष तहले आदेश दिएका छन् कि कुनै पनि बिरामीलाई सैन्य अड्डा नजिक पर्न दिनुहुन्न ।

नतिजा स्वरूप धेरै संख्यामा बिरामीहरू ताला लगाइएको वाहनमा मीरपुर शहर र पीओके र गिलगित बाल्टिस्तानका अन्य ठाउँहरूमा लगिएका छन्। यस क्षेत्रमा पहिलेदेखि पूर्वाधार र तालिमप्राप्त मेडिकल स्टाफ नभएकोले स्थानीय बासिन्दाहरूले पाकिस्तानबाट आएका संक्रमितहरुलाई क्वारेन्टाइन केन्द्र स्थापना गरी त्यहाँ राख्न लागिएकाले विरोध प्रदर्शन गरे।

उनीहरूलाई डर छ कि महामारीले सम्पूर्ण क्षेत्र फैलिन सक्छ र आदिवासी काश्मिरी जनताको ज्यान खतरामा पर्न सक्छ । यद्यपि पाकिस्तानी सेनाका शीर्ष नेतृत्व यसमा चिन्तित छैन किनकि पीओके र गिलगित बाल्टिस्तानको पंजाब प्रान्तको तुलनामा पाकिस्तानमा कुनै राजनीतिक महत्व छैन ।

मुजफ्फराबादका बासिन्दाहरू त्रसित छन् कि उनीहरूको इलाका महामारीको शिकार हुनेवाला छ र् यस क्षेत्रमा साधारण रोगको उपचारको लागि स्वास्थ्य सुविधा छैन । उनीहरू भन्छन कि पाकिस्तान सेनाले मात्र पंजाबको बारेमा सोच्दछ र अरू केहि पनि गर्दैन ।

मुजफ्फराबादको व्यस्त शहरी इलाकाका व्यापारी जाफर इस्माइलले भने कि हामीले पंजाबबाट मुजफ्फराबादका अस्पतालहरूमा कोरोनाभाइरस बिरामीहरूको आवागमन देखिरहेका छौं र पाकिस्तानी सेनाले काश्मिरी जनतालाई गरेको यो अन्तिम धोकाबाट हामी धेरै डराएका छौं।

उनले थपे, “पाकिस्तानी सेनाले मात्र पंजाबको बारेमा सोच्दछ र उनीहरु पंजाबलाई यस कोरोनाभाइरसबाट मुक्त गर्न चाहन्छन् । उनीहरूले कश्मीर र गिलगितलाई पाकिस्तानको डस्टबिनको रूपमा व्यवहार गरिरहेका छन।

“पीओकेका राजनीतिक कार्यकर्ता अमजद अयुब मिर्जाले भने, “एकतर्फ हामी सामाजिक दूरीमा जोड दिइरहेका छौं र अर्को तर्फ पाकिस्तान सरकारले मानिसहरूलाई भेला गराउन र क्वारेन्टाईन केन्द्रको स्थापनाको विरोध गर्न जबरजस्ती गरिरहेको छ । पाकिस्तानमा सरकारको अभाव छ । पूरै देश सेनालाई हस्तान्तरण गरेका छन् । सेनाले आफ्नो चाहना अनुरुप सम्पूर्ण ब्यवस्था गरिरहेको छ ।
पाकिस्तानमा पुष्टि भएका कोरोनाभाइरसका कुल संख्या १,००० नाघिसकेको छ । सिन्धबाट सबभन्दा बढी ४०० भन्दा संक्रमित देखिएका छन् जुन देशको सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।
पंजाब प्रान्तमा करीव ३०० कोरोनाभाइरसका घटनाहरू रेकर्ड गरिएको छ भने पूर्वोत्तर खैबर पख्तूनख्वा प्रान्तले १८ घटनाहरूको पुष्टि गरेको छ। (एएनआई)

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्