कोरोनाको बेला काबुल आक्रमण जघन्य र कायरतापुर्ण : संयुक्त राष्ट्रसंघ


 


काठमाडाैँ चैत्र १४
संयुक्त राष्ट्रसंघद्धारा एक प्रेस विज्ञप्ति जारी गरी सुरक्षा परिषदका सदस्यहरूले कम्तीमा २५ जनाको ज्यान जाने गरी र थुप्रैलाई घाइते बनाएको काबुल आक्रमणलाई जघन्य र कायरतापुर्ण आतंकवादी हमला संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको जनाएको छ ।

बुधबार २३ मार्चमा आइसिसले अफगानिस्तानको काबुलको शीख धर्मशालामा हमला गरेको छ । यस हमलाका चौतर्फी निन्दा गरिएको छ । खासगरी पुरा विश्व कोरोनाको संकटबाट जुझिरहेको अवस्थामा आइसिसले गरेको उक्त हमललाई धेरैले अमानवीय र कायरतापुर्ण बताएका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले पीडित परिवार र अफगानिस्तान सरकारप्रति गहिरो सहानुभूति र संवेदना व्यक्त गरेका छन् र घाइते भएकाहरूलाई छिटो र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । सुरक्षा परिषद्का सदस्यहरूले आतंकवादका सबै रूपहरू र अभिव्यक्तिहरू अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको दोहो¥याएको छ ।

सुरक्षा परिषद्का सदस्यहरूले काबुल आक्रमणको दोषी, आयोजक, फाइनान्सर र प्रायोजकहरूलाई न्यायको कटघरामा ल्याउनुपर्नेमा जोड दिएका छन् भने अन्तर्रा्ष्ट्रिय कानून र सुरक्षा परिषद्को अगानिस्तान सम्वन्धित पारित प्रस्तावअनुरुप अफगानिस्तान सरकार र सबै अन्य सम्बन्धित पक्षहरुलाई सक्रिय सहयोग गर्न सबै सदस्य राष्ट्रहरूलाई आग्रह पनि गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले दोहोर्याएका छन् कि कुनै पनि आतंकवादी कार्यहरू आपराधिक र अव्यावहारिक हुन्छन् । उनीहरूले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्रािष्ट्रय मानव अधिकार कानून, अन्तर्रािष्ट्रय शरणार्थी कानून र अन्तर्रा्ष्ट्रिय मानवीय कानून लगायतका अन्तर्रा्ष्ट्रिय कानून अन्तर्गत अन्य दायित्वहरुका अनुसार अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराहरु सबै राज्यले सबै तरिकाले लडाई लड्नु पर्ने आवश्यकतालाई जोड दिएका छन् ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्