चीनलाई आयातित संक्रमणको खतरा, पाकिस्तानबाट भित्रियो कोराना


 


बेइजिङ, चैत्र १४
चीनले कोरोना महामारीको अन्त्यको घोषणा गरेपश्चात कम्तीमा कोरोनाको महामारी विश्वव्यापी रुपमा फैलिएपश्चात कम्तीमा ५३ जना पाकिस्तानी कामदारहरु चीन फर्किएको सरकारी तथ्यांकले देखाएकाे छ ।

तिनै पाकिस्तानीहरुबाट चीनमा फेरि कोरोनाको प्रसार हुन थालेपछि चिनियाँहरु त्रसित भएका छन् । पछिल्लो समय ग्वाञ्जाओमा मात्र पाकिस्ताबाट भित्रिएको पाँचौ कारोनो संक्रमिण व्यक्ति भेटिएको छ ।

गत हप्ता चीनमा देखिएको नयाँ ७८ संक्रमणमध्ये ७४ केस विदेशबाट आएका अर्थात् आयातित केसहरू नै हुन् जसमा सबभन्दा बढी संक्रमण पाकिस्तानीबाट सरेका हुन् ।

आयातितबाट एक जना स्थानीय बेइजिङ नागरिक संक्रमित भएको पनि बताइएको छ । कोरोना बाहिर बाट भित्रिन सक्ने त्रासमा चीनले आउँदा शनिबारबाट आफ्ना सम्पुर्ण सिमानाकाहरु बन्द गरेको छ भने सबै उडानहरु पनि रद्ध गरेको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्