चीनलाई फेरि कोरोनाको त्रास : सबै सिमाना बन्द, उडान रद्ध


 


काठमाडाैँ, चैत्र १४
कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा महामारी अन्त्यतिर गइसकेको घोषणा गरिए पनि चीन खतराबाट पुर्णरुपले मुक्त भने छैन् ।

चीनमा महामारी अन्यत्रबाट भित्रिन थालेको छ । पछिल्लो समय ग्वाञ्जाओमा पाकिस्ताबाट भित्रिएको पाँचौ कारोनो संक्रमिण व्यक्ति भेटिएको छ । कोरोनोको महामारी फैलिए यता ५३ जना पाकिस्तानी नागरिकहरु चीन पुगेको सरकारी तथ्याँकले देखाउछ ।

अन्यत्रबाट चीनमा कोरोना भित्रिनसक्ने खतरालाई मध्यनजर गर्दै चीन सरकारले शनिवारदेखि सबै सीमा नाका बन्द गर्ने घोषणा गरेको छ । चीनले विदेशी नागरिकको प्रवेशमा अस्थायी रोक समेत लगाएको छ ।

चीन सरकारले बिहीवार साँझ सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको अन्तराषर््िट्रय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले भिसा तत्काल जारी नगर्ने र जारी गरेकाहरूलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ । तीन महिनाअघि कतिपय देशले चीनमा कोरोना भाइरस देखिएपछि चीनबाट आउने विमानलाई रोक लगाएका थिए ।

चीनले यसरी सबै सिमाना तथा उडानहरु बन्द गर्नुले उसको कारोना नियन्त्रण गर्न सक्ने क्षमतामाथि प्रश्न चिन्ह उठेको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्