कोरोना भाइरस फैलाएको आरोपमा चीनमाथि २० ट्रिलियन डलरको मुद्दा


 


वाशिंगटन, चैत्र १४
अमेरिकाको एक कम्पनीले चीन सरकारमाथि २० ट्रिलियन डाँलर क्षपिुर्तिको लागि मुद्दा दायर गरेको छ । यस कम्पनीले आरोप लगाएको छ कि चीनले कोरोना भाइरसको प्रसार एक जैविक हतियारको रुपमा गरेको छ । उक्त कम्पनीले याे पनि आरोप लगाएको छ कि चीनले वास्तवमा अमेरिकी नागरिकहरुलाई मार्ने र रोगी बनाउने षडयन्त्र रचेको छ ।

अमेरिकाको टेक्सासस्थित बज फोटोजले अधिवक्ता लैरी क्लेमैन र फ्रीडम वाचको साथमा चीन सरकार, चीनीयाँ सेना, वुहान इंस्टीट्यूट आँफ भाईरोलाजी, वुहान इंस्टीट्यूटका डाइरेक्टर शी झेनग्ली तथा चीनीयाँ सेनाको मेजर जनरल छेन वेई को विरुद्ध यो मुद्दा दायर गरेको हो ।

उनीहरुले दावी गरेका छन् कि चिनीयाँ प्रशासनले एक जैविक हतियार तयार गरिरहेको थियो जसको कारणले कोरोना भाइरस फैलिएको हो र त्यही कारणले आफुहरुले २० ट्रिलियन डाँलरको क्षतिपुर्तिको माँग गरेको हो ।

उनीहरुको आरोप छ कि वुहान भाइरोलोजी इंस्टीट्यूटद्वारा यस भाइरसलाई जानाजान बाहिर छोडिएको हो । चीनले कोरोना भाइरसको ‘निर्माण’ ठुलो जनसंहारको लागि गरेको हो । उनीहरुले यो पनि भनेको छ कि जैविक हतियारहरुलाई १९२५ मा नै गैरकानूनी घोषित गरिसकिएको छ र यसलाई जनसंहारको लागि आतंकी हतियारको रुपमा लिइन्छ ।

सो अमेरिकी कम्पनीले यसबारेमा मीडियामा आएको विभिन्न समाचारहरुलाई उद्दृत गर्दै भनेको छ कि चीनको एक मात्र माइक्रोबायोलाजी ल्याव वुहानमा छ जसले नोवेल कोरोना जस्तो अत्याधुनिक भाइरसको सामना गर्न सक्दछ तर चीनले कोरोना भाइरसको बारेमा उक्त ल्यावको अनुसन्धान रिपोर्टहरुलाई राष्ट्रीय सुरक्षाको बहाना लुकाएर राखेको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्