चीनले विदेश पठाएकाे कोभिड–१९ परीक्षण किट नक्कली


 


काठमाडाैँ, चैत्र १४
चीनले विदेशहरुमा विक्रि गर्ने तथा अनुदानमा दिइएकाे कारोना भाईरस परीक्षण गर्ने किट नक्कली भएको खुलासा भएको छ । तेस्रो मुलुकमा पठाएको उक्त भाईरस परिक्षण गर्ने किट नक्कली भएको स्पेनका स्थानीय संचारमाध्मले जनाएको छ ।

चीनले दिएको किट स्पेन सरकारले बिहीबार फिर्ता गरेकोे गरेकाे समाचार समेत त्यहाँका स्थानीय सञ्चार माध्यममा छापिएकाे छ । कोभिड–१९ परिक्षगर्ने किट घरेलु उत्पान बाट बनाईएको हुन सक्ने उनिहरुको ठहर छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनबाट आयात गरेको किट कुनै काम नलाग्ने भएकोले हामी फिर्ता गर्न बाध्य भएको उल्लेख छ ।

भाईरस परिक्षण गर्ने गलत किट भएकै करण स्पेनमा ४ हजार मानिसको मृत्युभएको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएको छ ।

स्पेनका स्वास्थ्य आपतकालीन विभाग प्रमुख, फर्नांडो साइमनले आफ्नो दैनिक ब्रीफिंगमा भने भाइरस परिक्षका लागि ल्याएको किट काम लाग्ने भएपछि प्रदायकलाई फिर्ता पठाइएको छु । यद्यपि उनले कम्पनीको नाम लिन चाहेनन् ।

स्पेनका एक लेखक बु्रनो म्याकसकाले चीनबाट खरिद गरेका ६ लाख ४० हजार परिक्ष किट नक्ली र काम नलाग्ने भएको आफनो ट्वीट मार्फत संदेश प्रवाहा गरेको छ ।

केहिदिन अगाडी चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्धारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको समेत खुलासा गरेको थियो ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्