लकडाउनका बीच सरकारले गर्याे यस्ताे निर्णय


 


काठमाडौं, चैत्र १४
सरकारले लकडाउनका बीच जनतालाइ रातह पुग्ने गरी केही निर्णयहरू गरेकाे छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो । समितिले दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई अवरोध नगर्ने भएको छ ।

बैठकपछि अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको छ । ठूला उत्पादनमूलक उद्योगहरुको सञ्चालनलाई भने खुल्ला गरिएको छैन ।’

उनले भने, ‘हामी नागरिकहरुले पनि निश्चित दुरी कायम गर्ने र भीडभाड नगरी किनमेल गर्नुपर्छ ।’ कोरोना भाइरसबाट संक्रमित दोस्रो व्यक्ति भेटिएलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । लकडाउनको समयमा सरकारले सबैलाई घरमा बस्न आग्रह गरेको छ र मंगलबारबाट अत्यावश्यक बाहेकका काममा बाहिर नआउन भनेको छ ।

बैठकले कोलकत्ता भन्सारबाट नेपाली भन्सार विन्दुसम्म आएर रोकिएका सामानहरु छुटाउन सहजीकरण गर्ने निर्णय गरेको छ । कुल्ली, भन्सार एजेन्ट नभएका तथा कागजपत्र पुर्‍याउन नसकेर सामान रोकिएको भए फोटोकपीका आधारमा समेत ती सामानहरु छुटाउन सकिने समेत समितिको निर्णय छ ।

यस्तै, अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट पनि काठमाडौं ल्याउने, विदेशमा बेखर्ची भएका विद्यार्थीका अभिभावकहरुले खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटही गरिदिने जस्ता निर्णयहरु भएका छन् ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्