चौथो कोरोना संक्रमित धनगढीमा भेटिए


 


काठमाडौं, चैत्र १४
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस संक्रमित थप एक ब्यक्ति नेपालमा फेला परेकाे छ। याे समेत नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार धनगढीमा थप एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको उनले बताए। स्वास्थ्य मन्त्रालयले साँझ आक्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो। तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार ससांरभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमा एक लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन्

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्