छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ


 


हुम्ला, चैत्र १४
६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमान् श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गरेको आरोप लागेपछि बिहीबार राति चौलागाईँलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पु¥याएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमकोटमा पु¥याएको उपरीक्षक घर्तीमगरले बताए ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्