गोली लागेर प्रहरी हवल्दारको मृत्यु


 


काठमाडौं, चैत्र १४
स्याङजामा गोली लागेर एकजना प्रहरीको मृत्यु भएको छ ।गाेली लागेर हवल्दार रवीन्द्र पौडेलको ज्यान गएकाे हाे।

हरिनाश गाउँपालिका वडा नम्बर २ मा रहेको प्रहरी चौकीमा कार्यरत हवल्दार पौडेलको गोली लागेर मृत्यु भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी गराएको छ ।

ड्युटी सकिएपछि हतियार बुझाउने क्रममा पड्किएर उनको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्