कोरोना भाइरसविरुद्द भारतीय सेनाले थाल्यो ‘अपरेसन नमस्ते’


 


एजेन्सी, चैत्र १४
विश्वभर फैलंदै गएको कोरोना भाइरस नियन्त्रणका लागि भारतीय सेनाले अभियान शुरु गरेको छ  । भारतीय सेनाले ‘अपरेसन नमस्ते’को अभियान सुरु गरेको समाचारमा जनाइएको छ ।

‘अपरेसन नमस्ते’ अभियानको घोषणा गर्दै भारतीय प्रधानसेनापती मुकुन्द नरवाणेले भनेका छन्, ‘विगतमा पनि हाम्रो सेनाले यस्ता अभियान सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अपरेसन नमस्तेले पनि त्यही सफलता पाउनेमा आशावादी छु ।’
भारतमा सेनाले कोरोना नियन्त्रणका लागि ८ वटा क्वारेन्टाइन केन्द्र स्थापना गरेको छ ।

कोरानाबाट भारतमा शुक्रबार दिउँसोसम्म ७ सय ५३ जना संक्रमित भइसकेका छन् भने १७ जना जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा ६७ जना भने यो भाइरसको संक्रमणबाट निको भइसकेका छन् । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १९९ देशमा फैलिइसकेको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्