भारतीय सुरक्षाकर्मीमाथि आईएसआईएसले हमला गर्ने योजना


 


एजेन्सी, चैत्र १४
चीनबाट सुरू भएकाे काेराेना भाइरसले विश्वका अधिकांश मुलुक प्रभावित भएका छन्। साेही क्रममा भारत लगायत खाडी मुलुकका देशमा समेत त्यहाँकाे सरकारले संक्रमण रोक्न देशभरमा लकडाउन घोषणा गरेको छ। प्रहरी र सुरक्षाकर्मीहरू देशका जनताका लागि सबै आवश्यक वस्तुकाे व्यवस्थापन गर्न ब्यस्त छन्। यसै क्रममा आईएसआईएस समर्थित संगठनले भारतमा बसोबास गरिरहेका आफ्ना समर्थकहरूलाई एउटा ठूलो आतंकवादी घटना कार्यान्वयन गर्ने अवसरको फाइदा लिन अपील गरेको छ।

भारतीत संचारमाध्यम आजतकका अनुसार विश्वव्यापी महामारीको बीचमा कुनै पनि आतंकवादी संगठनको यो पहिलो रणनीति हो। स्पष्ट रूपमा, देशको आवश्यकतालाई ध्यानमा राख्दै, धेरै सुरक्षाकर्मीहरू आन्तरिक समस्यालाई सरल बनाउने काममा लागेका छन्, तर यसको मतलब यो होइन कि हाम्रा सबै सुरक्षाकर्मीहरूलाई डियुटीबाट हटाइएकाे छ। हाम्रा सबै सुरक्षाकर्मीहरूले हरेक काेणबाट सबै सावधानी अपनाइरहेका छन्।

वास्तवमा त्यहाँ ‘भ्वाइस अफ हिन्ड’ भन्ने आतंकवादी पत्रिका आएको छ, जसमा यी चीजहरूको उल्लेख गरिएको छ। पत्रिकाको एक अनुच्छेदमा  भारतीय आतंकवादीलाई भारतीय सेनामाथि निशाना बनाउन भनिएको छ।

पत्रिकामा आतंककारीहरुलाई खाना वा पानीमा विष जोड्न वा विषालु ग्यास प्रयोग गर्न भनिएको छ। यस पत्रिकाले तालिबानको अमेरिकामाझ झुक्नुलाई पनि गलत ठहराएकाे छ।

आजतक लेख्छ – एक आईएसआईएस समर्थित संगठनले फेब्रुअरी महिनामा भारतको लागी छुट्टै संस्करण शुरू गरेको थियो। जसको शीर्षक ‘हिन्द  की आवाज – हिन्दु आवाज’ थियो। त्यसबेला दिल्लीमा हिंसाको वातावरण थियो। यो घटनाको बदला लिन पत्रिकामा पनि भनिएको थियो।

यस अघि यस आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले आफ्ना आतंककारीहरूलाई कोरोना भाइरस प्रभावित युरोपबाट टाढा रहनको लागि ट्राभल एडवाइजर जारी गर्‍यो।

 द सन्डे टाईम्सका अनुसार आईएसआईएसको न्यूजलेटरको पछिल्लो संस्करण, अल नाबाले यस सम्बन्धमा नयाँ “निर्देशनहरू” उद्धृत गर्दै युरोपको यात्रा नगर्न चेतावनी दिएको छ। उनले कोरोना भाइरसबाट पीडित आतंककारीहरूलाई पनि याे क्षेत्र छोडन नदिन भनेका छन ताकि रोग फैलिनबाट बचाउन सकिन्छ। स्पष्टतः यो आतंकवादी संगठनले अहिलेसम्म आफ्ना आतंककारीहरुलाई युरोपमा आतंकवादी हमलाको योजना बनाउन प्रोत्साहन गरिरहेको छ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्