काेराेनाकाे संकटमा पनि अपराध, १३ वर्षीया बालिका बलात्कृत


 


कपिलवस्तु, चैत्र १४
कोरोना भाइरसको समस्य निर्मूल पार्न प्रहरीले आफ्नो ध्यान केन्द्रित गरीरहेको बेला कपिलवस्तु एक १३ वर्षीया किशाेरी बलात्कृत भएकी छिन्।
मायादेबी गाउँपालिका–४ गौरामा बिहीबार राति ती बालिका बलात्कृत भएकी हुन्। उनलाई छिमेकीमा रहेका २५ वर्षीय युवाले जवरजस्ती करणी गरेको पीडित बालिकाको परिवारको आरोप छ।

१० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी एजाज मुसलमानले आफ्नो छोरीलाई बलात्कार गरेको पीडितकी आमाले आरोप लगाइन्। बालिकालाई मुख थुनेर पीडितकै घर पछाडी लगेर बलात्कार गरेका थिए। स्थानीय हृदयराम यादवका अनुसार बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धार गरेका थिए। बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ।

गाउँलेहरु पीडित बालिकासहित जिल्ला प्रहरी कार्यालय पुगेका छन्। इलाका प्रहरी कार्यालय पकडीले घटनाबारे चासो नदेखाएको आरोप लगाउदै उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। बलात्कृत बालिकाको घाउँ जाँच तथा उपचार भइरहेको छ। त्यसपछि घटना दर्ता प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ। प्रहरी नायब उपरिक्षक मल्लले घटनामा आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताए।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्