भारतबाट आएका दुई बालक आइसोलेसनमा


 


पाँचथर, चैत्र १४
ज्वरो र खोकी देखिएपछि पाँचथरमा दुई जनालाई आइसोलेसनमा राखिएको छ। हालै भारतबाट आएका एक जनालाई यस्तो लक्षण देखिएपछि परिवारका एक सदस्यसहित दुई जनालाई आइसोलेसनमा राखिएको हो।

उनीहरुलाई पाँचथर अस्पतालमा आइसोलेसनमा राखिएको छ। ज्वरो र खोकी देखिएपछि आइसोलेसनमा राखेर उपचार थालिएको पाँचथर अस्पतालका प्रमुख मेडीकल सुपरीटेण्डेन डा. बुद्धिबहादुर थापाले पुष्टि गरे।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्