इटहरीका मेयर द्वारिकलाल फेरि विवादमा


 


इटहरी, चैत्र १४
इटहरीका मेयर द्वारिकलाल चौधरीले बिहीवार इटहरीको ऐरिना टेलिभिजनमा कार्यरत राजन कट्वाललाईं अपशब्द बोलेर गाली गरेका छन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राखी सरकारले देशव्यापी लकडाउनको अवस्थाबारे टेलिभिजनमा प्रत्यक्ष कुराकानी गर्न खोज्दा मेयर चौधरीले कट्वालमाथि अपशब्द बोलेका हुन्। चौधरीले अपशब्द बोलेर गोली गरेकोमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कोरोना भाइरसको जोखिमका बेला स्थानीय सरकारका प्रमुख मेयर चौधरी संयमित भएर इटहरीबासीलाई सही सूचना प्रवाह गर्नुपर्ने र यस्तो परिस्थितीमा समाचार संकलन तथा सम्प्रेषण गर्ने पत्रकारलाई सहज ढंगले काम गर्ने वातावरण बनाउनुको सट्टा अपशब्द बोल्नु खेदजनक कार्य भएको विज्ञप्तिमा उल्लेख छ। महासंघले प्रेस विरोधी त्यसमा पनि मेयर चौधरीबाट पटक–पटक स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरि रहेका पत्रकारमाथि दुव्र्यवहार हुँदै आएकाले गर्दा यस्ता कार्य नियन्त्रण गर्न जोडदार माग गरेको छ।

मेयर चौधरीले यसअघि जेठ २१ पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने भनी धम्की दिएका थिए। पत्रकार अनुपमलाईं फोनमा भएको कुराकानीमा ‘तिम्रो नाक भाँच्न एक करोड रुपैयाँ छुट्याएको छु’ भनी धम्की दिएका थिए। सो घटनामा उनले जेठ २६ गते विज्ञप्ति जारी गरेर क्षमा मागेका थिए।

यस्तै, जेठ ८ गते समाचार संकलन गर्ने क्रममा मेयर चौधरीले पत्रकारलाई दुव्र्यहार गरेका थिए। सो घटनापछि जेठ १२ गते दुःख व्यक्त गर्दै मेयर चौधरीले भनेका थिए, ‘मेरो पत्रकारको भावनामा चोट पु¥याउने कुनै मनसाय छैन र रहने पनि छैन।’ तर, आफ्नो प्रतिबद्धता विपरीत स्थानीय सरकारका प्रमुख चौधरीले पत्रकारलाई पटकपटक धम्की तथा गाली गर्ने क्रम रोकिएको छैन्। पत्रकारबाहेक चौधरीले महिलाको अपमान हुने गरि सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसमा समेत क्षमा मागेका थिए।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्