विप्लव समूहद्वारा कालोबजारी गर्नेलाई कारबाहीकाे चेतावनी


 


धनकुटा, चैत्र १४
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने विप्लव

नेकपा जिल्ला समितिले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर यस्ताे समूहले चेतावनी दिएको हो । नेकपाका जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले बिज्ञप्ति जारी गर्दै कालोबजारी गर्नेलाई कारवाही गर्ने काममा सघाउँन जिल्लावासीलाई आग्रह गरेका छन् ।

‘कालोबजारी गर्नेलाई हाम्रो पार्टीको तर्फबाट सक्त कारबाही गर्ने जानकारी गराउँदै कालोबजारी गर्ने व्यक्तिको पहिचान गरी खबर गर्नुहुन अनुरोध छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

यस्तो विपतको वेला ग्यास तथा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव सृजना गरी कलोबजारी हुँनसक्ने तर्फ सचेत रहन जिल्लावासीलाई विज्ञप्तिमार्फत आग्रह पनि गरिएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्