चीनमा विदेशीलाई प्रवेश निशेध, गर्यो यस्तो निर्णय


 



काठमाडौं, चैत १४
चीनले विदेशीहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयले बिहीबार अबेर विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण रोक्न शुक्रबार मध्यरातदेखि लागू हुने गरी विदेशीको प्रवेशमा प्रतिबन्ध लगाएको हो।

यसअघि नै जारी भइसकेका चीन प्रवेशाज्ञाहरूलाई रद्ध गरिएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उदगम थलो चीनको वुहानमा उक्त भाइरसको संक्रमण लगभग नियन्त्रमा आए पनि पछिल्लो समय युरोप र अमेरिकामा यसको प्रकोप बढिरहेको छ।

कोरोना प्रभावित मुलुकबाट आफ्नो देशमा संक्रमितहरू नआऊन् भनेर केही समयका लागि विदेशीलाई प्रतिबन्ध लगाइएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

कुन-कुन देशका नागरिकलाई प्रवेश निषेध गरिएको हो भन्ने खुलाइएको छैन। चीनमा अहिलेसम्म ८१ हजार ३ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ हजार २ सय ९२ मानिसले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्