प्रधानमन्त्री ओली फेरि अस्पताल भर्ना


 


काठमाडौं, चैत १४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ ।

दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए । २१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्