दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन व्यवसायीहरुलाई निर्देशन


 


काठमाडौं, चैत्र १३
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

बैठकले उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं विक्रेताहरूलाई आ–आफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था मिलाउन निर्देशन गरेको छ ।

आपूर्ति व्यवस्था सहज बनाउन गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आवश्यक पर्ने त्यस्ता डेलिभरी भ्यानलाई पासको व्यवस्था जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय पनि गरिएको छ ।

माग संकलन र वितरण कार्यलाई सहज बनाउन स्टोरहरू एवं विक्रेताहरूले आ–आफ्नो टोल फ्री नम्बर उपलब्ध गराई प्रचारप्रसार गर्न पनि भनिएको छ ।
बजारमा कालोबजारी भएको, कृत्रिम अभाव सिर्जना भएको वा जम्माखोरीजस्ता गतिविधि भएको सूचना वा जानकारी टोल फ्री नम्बर ११४९ मा उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्