पर्यटक उद्धारका लागि तारा र बुद्ध एयरलाई उडानकाे अनुमति


 


काठमाडाैँ, चैत्र १३
पर्यटक उद्धारका लागि तारा र बुद्ध एयरले उडानकाे अनुमति पाएकाे छ। बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले विभिन्न क्षेत्रमा रहेका पर्यटकलाई उद्धार गरी आफ्नो देश फर्काइने निर्णय गरेपछि तारा र बुद्ध एयरले उडानकाे अनुमति पाएका हुन्। बिहीबार ती २ विमानले उडान भरेका हुन् ।

४९ जना पर्यटकलाई काठमाडौं ल्याउनको लागि बुद्ध एयरको जहाज बिहीबार दिउसो ३:४० मा पोखरमा ल्याण्ड गरेको हो भने तारा एयरको विमानले लुक्लाबाट १४ जना फ्रान्सेली नागरिक लिएर आएको छ । तारा एयरको फ्रान्स दूतावसले चाटर गरेर लगेको हो । विदेशमा जाने तालिका नमिलेसम्मको लागि सरकारले ती विदेशी नागरिकलाई होटलमा राख्ने व्यवस्था गरेको छ ।

बुधबार निर्णय कार्यान्वयन गर्दै बिहीबार बुद्ध एयरको लागि पोखरा र तारा एयरको लागि लुक्ला उडानकाे लागि अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्