कोरोनाबाट स्पेनकी उपप्रधानमन्त्री सङ्क्रमित


 



स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको छ।

स्पेनमा खासगरि राजधानी मड्रिड सबैभन्दा प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ।

त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पुर्‍याउन मतदान गर्दैछन्।

ती नियम अनुसार मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। उनीहरू केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन्।

विश्वभरिको पछिल्लो आँकडा अनुसार हालसम्म चार लाख साठी हजार मानिसमा सङ्क्रमण पाइएको छ। बिस हजारभन्दा धेरैको ज्यान गइसकेको छ। साथै एक लाख दश हजार जना भने निको भएका छन्। बीबीसी

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्