अत्यावश्यकीय सामानकाे लागि याे नम्बरमा फोन गर्नुस्, घरमै आउँछ


 


काठमाडौं, चैत्र १३
नेपालस्थित कूटनीतिक समुदायले सरकारको लकडाउनलाई साथ दिँदै सतर्कताका लागि आवश्यक कदम भनेका छन् । सरकारले चालेको कदममा सबैले साथ दिनुपर्ने उनीहरूको सुझाव छ । केही ठाउँमा लकडाउन उल्लंघन गरेको समाचार आएपछि उनीहरूले नेपालीलाई त्यस्तो सुझाव दिएका हुन् ।

कोरोना आक्रान्त मुलुकका राजदूतले सतर्कता अपनाउन ढिलाइ गर्न नहुने सुझाव दिएका छन् । उनीहरूले अघिल्लो सातादेखि नै घरबाटै आफ्नो काम गर्दै आएका थिए । केही राजदूतले दूतावासको सामाजिक सञ्जालमार्फत् सरकारको कदम राम्रो भन्दै जनताले धैर्यपूर्वक लकडाउनमा घरभित्र रहन सुझाव दिएका छन् ।

कतिपय दूतावासका अधिकारीले आफूहरू नेपालमा नै सुरक्षित भनिरहेका भए पनि यहाँ संक्रमण देखिन थालेपछि असहज अनुभूति भएको बताए ।

राजदूत र कूटनीतिक समुदायलाई सरकारले आउजाउमा रोक लगाएको छैन । तर, उनीहरू आफैं सचेत बनेका छन् । उनीहरूले यहींबाट आफ्नो मुलुकको भयावह अवस्थाको आकलन गरिरहेका छन् र यहाँ त्यस्तो स्थिति नआओस् भन्ने चाहना राखेका छन् । ‘

पत्रपत्रिका र पुस्तक मात्र होइन कुनै सामान ल्याएको छ भने त्यो तत्काल छुने चलाउने गरिएको छैन,’ एक पश्चिमा कूटनीतिज्ञले भने, ‘म बाहिर ननिस्केको एक साता भैसकेको छ । घरमा बस्ने कार्यालयको काम गर्ने, बिहान व्यायाम गर्ने, फोनमा गफ गर्ने, सामाजिक सञ्जाल हेर्ने, बच्चालाई समय दिएर व्यतित गरिरहेको छु । पुस्तक पढ्ने गरेको छु ।’

चिनियाँ राजदूत होऊ यान्छीले ट्विटरमा नेपालले लकडाउन घोषणा गरेलगत्तै चीन नेपालको साथमा रहेको बताएकी थिइन् । उनले पनि दूतावासका कर्मचारीलाई घरबाटै काम गर्न लगाएकी छन् । छिमेकी भारतले पनि सम्पर्कमा आउन नपर्ने कामका लागि दूतावासमा नआउन यसअघि नै भनिसकेको थियो । कतिपय काम इन्टरनेटबाटै गर्दै आएको थियो ।

अमेरिकाले पनि नेपालको साथमा रहेको भन्दै सघाउने बताएको छ । छिमेकी भारतले आवश्यक सामाग्री नेपाललाई उपलब्ध गराउने भन्दै साथ रहेको जनाएको छ । बेलायत, जापान, जर्मनी र युरोपेली महासंघ ९ईयू०का राजदूतले पनि सरकारलाई साथ र सहयोगको आड भरोसा दिएका छन् ।

भारत र चीनसँग नेपालले औपचारिक तवरबाट नै संक्रमण नियन्त्रणका लागि सहयोग मागिसकेको छ । चीनको हुपई प्रान्तको वुहानबाट विश्वभरि फैलिएको यो महामारीको चपेटामा परेका इटाली र स्पेनबाहेक अन्य मुलुकका दूतावास काठमाडौंमा छन् । ती दूतावासका अधिकारीले सरकारलाई खाद्यान्न किन्न र व्यवस्थापन गर्न चुक्न नहुने सुझाव दिएका छन् ।

गाउँमा रहनेलाई त्यसको ठूलो समस्या नभए पनि काठमाडौं जस्ता सहरवासीलाई कठिन हुने भन्दै सचेत हुन आग्रह गरिरहेका छन् । विशेषगरि कूटनीतिक समुदायले पानीको व्यवस्था चुनौति पूर्ण हुनसक्ने भन्दै सरकारसँग व्यवस्थापनबारे चासो राखिरहेका छन् । अन्नपूर्ण दैनिक

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्