काेराेनाकाे कहर: अझै पनि अपर्याप्त परीक्षण


 


काठमाडाैँ, चैत्र १३
जनस्वास्थ्यविद् तथा विज्ञ चिकित्सकले कोभिड–१९ को महामारी नियन्त्रण गर्नका लागि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने सुझाव दिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्ला दुई दिनमा ७७ वटा मात्रै नमुना परीक्षण गरेको छ । हालसम्म प्रयोगशालाले ६ सय ८७ नमुना परीक्षण गरेको छ, तीमध्ये तीन जनामा संक्रमण रहेको पुष्टि भएको हो ।

स्वास्थ्यमन्त्री ढकालले लकडाउनका कारण नमुनाहरू काठमाडौं ल्याइपुर्‍याउन मुस्किल भएकाले छिट्टै पूर्वमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नमुना परीक्षण गरिने जानकारी दिएका छन् । पश्चिमबाट भने नेपालगन्जमा नमुना संकलन गरेर बेलुका विमानबाट ल्याइने बताएका छन् । काठमाडौंबाट तीन/चार घण्टाको दूरीमा रहेको स्थानबाट एम्बुलेन्समा नमुना ल्याइने उनले जनाए । उनले परीक्षणको दायरा किन नबढाइएको हो भन्ने विषयमा भने केही बोलेनन् ।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्