कोरोना नियन्त्रणमा सघाएकोले चीनद्वारा भारतलाई धन्यवाद ज्ञापन


 


नयाँ दिल्ली, चैत्र १२
नयाँ दिल्लीस्थित रहेकाे चिनियाँ दूतावासले भारतलाई कोरोनाविरुद्धको लडाईंमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् । राजदुतावासका प्रवक्ता जी रोंगले एक बक्तब्य जारी गर्दै भारतलाई कोरोनाविरुद्धको लडाईंमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेका हुन् ।

उनले भारतले चीनमा कारोनासम्वन्धि मेडिकल सामाग्री निरन्तर पठाएकोले धन्यवाद ज्ञापन गरेका हुन् । उनले भारत र चीन कारोना नियन्त्रणको दौरान निरन्तर संवाद र सम्पर्क रहेको जनाउँदै चिनियाँ जनतालाई कोरोनाको महाव्याधीसँग लड्न भारतको खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

बक्तब्यमा रोगले भारत र चीन व्रिक्स, जी २० लगायतका फोरमहरु एकै साथ रहेको भन्दै भारत र चीनको सहकार्य जारी रहने बताएका छन्। उनले भारतीय जनता कोरोनाको विरुद्धको लडाईंमा सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्