क्वारेन्टाइनबाट उपचारका लागि लैजाने क्रममा एक ब्यक्तिको मृत्यु


 


काठमाडाैँ. चैत्र १२
कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि अधिकांश स्थानमा काेराेना भाइरसकाे लक्षण देखिने वितिक्कै अस्पतालकाे सम्पर्कमा आइरहेका छन्। अस्पतालले पनि उनीहरूकाे स्वास्थ्य अवस्था हेरी उपचार प्रक्रिया अगाडि बढाइरहेकाे छ।

साेही क्रममा भारतबाट फर्किएका एक ब्यक्तिको पोखरामा मृत्यु भएको छ । उनकाे अवस्था जटिल भएपछि थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल स्रोतले बताएकाे छ । उनी १२ दिनअघि भारतबाट आएको र हिजो मंगलबारबाट क्वारेन्टाइनमा राखिएकाे रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए ।‘मुटुको रोग, कलेजोमा पानी जमिराखेको भन्ने थियो’ उनले भने ।

उनलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्मिाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको अस्पताल निर्देशक अर्जुन आचार्यले बताए । थप जानकारी आउन बाँकी रहेको उनले बताए । रुपा गाउँपालिका निवासी ५० वर्षीय एक ब्यक्ती हैदराबादबाट फर्किएका थिए । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्