प्रहरीको चेतावनीपछि कोरोना संक्रमितसँग आएका ४ जना सम्पर्कमा


 


चितवन, चैत्र १२
फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमित नेपाली युवतीसँग आएका चितवनका ६ मध्ये ४ जना सम्पर्कमा आएका छन् । प्रहरीले नाम सार्वजनिक गरेपछि उनीहरु सम्पर्कमा आउन थालेका हुन् ।

चितवन गौरीगञ्ज घर भएका बुद्धिराज कोइराला र सन्जु कडेंल कोइराला तथा आँपटारीका शम्भु नेपाली र उनकी श्रीमती पार्वती नेपाली कोरोना अस्पताल भरतपुरको सम्पर्कमा आइसकेका छन् ।

अन्य दुई जनालाई पनि सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । प्रहरीले उनीहरुलाई सम्पर्कमा नआए पक्राउ गर्ने चेतावनी दिएको थियो। सोही जहाजमा चितवनका दिक्षा कंडेल र सुरेस गुरुङ पनि थिए । उनीहरु जिल्ला आए–नआएको बारे अनुसन्धान गर्ने काम भईरहेको प्रहरी उपरिक्षक नान्तिराज गुरुङले बताए ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्