दूतावासलाई सरकारकाे निर्देशन: विदेशमा रहेका नेपालीका लागि खाना र बस्ने व्यवस्था मिलाउ


 


काठमाडाैँ, चैत्र १२
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथामका लागि सरकारले विभिन्न कदमहरू चालेकाे छ। साेही क्रममा नेपाल सरकारले एक साताकाे लकडाउनका समेत गरेकाे छ। त्यस्तै विदेशमा रहेका नेपाली कामदारका विषयमा पनि सरकारले चासाे देखाएकाे छ।

विदेशमा रहेका नेपाली कामदारका विषयमा चासाे राख्दै विभिन्न देशका राजदूतसँग सरकारका तर्फबाट २ मन्त्रीले भिडियो वार्ता गरेका छन् । विश्वभर फैलिएको करोना भाइरसको महामारीका बेला विदेशमा रहेका नेपालीको व्यवस्थापन तथा स्वस्थ्यकाे विषयमा भिडियो वार्ता भएको हो ।

कोरोना भाईरसको संक्रमण फलिँदै गर्दा विभिन्न देशमा रहेका हाम्रा नेपालीको व्यवस्थापन गर्नको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मलेसिया, इजरायल, जापान, कोरिया, दक्षिण अफ्रिकाका राजदूतका बीच वार्ता गरेका हुन् ।

वार्तामा श्रमिक बेरोजगार भए पनि तिनीहरूका खाना, बस्नको लागि सम्बन्धित दूतावासले पहल गरि व्यवस्थापन गर्न निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालीको मनोबल खस्न नदिनको लागि कुनै कसर बाँकी न राख्न मन्त्रीबाट निर्देशन दिका छन् । भिडियो वार्ता परराष्ट्र मन्त्रालयमा भएको थियो ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्