चीनमा फेरि भेटियाे नयाँ भाइरस ‘हान्ता’: एकको मृत्यु, ३२ संक्रमित


 


काठमाडौं, चैत्र १२
चीनको वुहानबाट गत डिसेम्बर अन्त्यदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैलाई आक्रान्त पारिरहँदा चीनमा नयाँ खालको भाइरस देखिएको छ । उक्त भाइरस ‘हान्ता’ नामको भाइरस भएको बताइएको छ । यसबाट एक जनाको ज्यान गएको छ । युनान प्रान्तका ती व्यक्तिको सान्डोङ प्रान्तमा काममा फर्किने क्रममा बसमै मत्यु भएको हो।

त्यसलगत्तै उनी सवार बसमा रहेका अन्य ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको हो। मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जानकारी दिएको छ।

मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने बताइएको छ। यो भाइरस मुसाको पिसाब र र्‍यालबाट मानिसमा सर्ने अनुसन्धानकर्ताहरुले बताएका छन्। यसका लक्षण थकान, ज्वरो आउने, मांशपेशी दुख्ने, रिंगटा लाग्ने आदि हुन्। रोगले बढी सताएपछि खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या आउनुका साथै यसकै कारण मानिसको ज्यान जाने पनि चिकित्सकले बताएका छन्। घरघरमा रहने मुसाको संख्या नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्ने उपाय भएको बताइएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्