दिल्लीमा मजदुरलाई पाँच–पाँच हजार दिने घोषणा


 


भारत, चैत्र १२
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँच–पाँच हजार रुपैयाँ दिने बताएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरूप सो रकम दिने भएका हुन् ।

दिल्ली बिल्डिङ एन्ड अदर कन्स्ट्रक्सन वर्कर्स बोर्ड (बीओसीडब्लू) मा दर्ता भएका सबै मजदुरले सो राहत पाउने बताइएको छ। बोर्डमा करिब ४ लाख मजदुर दर्ता भएको बीओसीडब्लूका अधिकारीले बताएका छन्।अन्य ज्याला मजदुरी गर्नेलाई भने सरकारले कुनै राहतको प्याकेज घोषणा नगरेको खवरहरुमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्