काेराेनाकाे कहर: इटाली र स्पेनको अवस्था भयावह


 


एजेन्सी, चैत्र १२
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । मंगलबार साँझसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख ९ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या १८ हजार २ सय ७४ पुगेको छ । मंगलबार मात्र विश्वभर १७ सय ६७ जनाको मृत्यु भएको छ ।

त्यसमध्ये सबैभन्दा बढी इटालीमा एकैदिन ७४३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ८९ जनाको मृत्यु भएको छ । इरानमा चौबिस घण्टामा १ सय २२ जनाको मृत्यु भएको छ भने बेलायतमा ८७ र नेदरल्यान्डस्मा ६३ जनाको मृत्यु भएको छ । उता, अमेरिकामा पनि एकैदिन ८१ जनाको मृत्यु भएको छ । विश्वभर एकैदिन ३० हजार ५ सय ७३ जना नयाँ संक्रमितहरु देखिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्