भारतमा किन लम्बियाे लकडाउन?


 


काठमाडौं । भारतमा मंगलबार रातिदेखि २१ दिनका लागि लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमण फैलिंदै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि लकडाउन घोषणा गरेका हुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई २१ दिनसम्म घरमै रहन आह्वान गरेका छन्। मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन् ।

स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन लाग्ने भएकाे हुँदा लकडाउन लम्बाउनु परेकाे माेदीले सम्बाेधनकाे क्रममा भनेका छन्।

उनले भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ । घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’

सम्बोधनका क्रममा उनले एउटा ब्यानर देखाए, जसमा लेखिएको थियो ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण रोक्न १५ हजार करोड रुपैयाँ छुट्याएका छन् । त्यो रकम आइसोलेसन कक्ष, आइसीयु, भेन्टिलेटरको तयारीका लागि खर्च गर्ने बताएका छन् । मोदीले २१ दिनका लागि लकडाउन लामो भएपनि जनताको जीवन रक्षाका लागि त्यो भन्दा अर्को विकल्प नभएको बताएका छन् ।

प्रकाशित मिति: ११ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्