चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या दोब्बर, एकैदिन ६०१ को मृत्यु


 



काठमाडौं, चैत ११
इटलीमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ६ सय एकजनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबारसम्म ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको हो ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ मानिसमा यसको लक्षण देखिएको छ । यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ छ । यीमध्ये ३ हजार २ सय ४ मानिसको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीमा अवस्था भयावह बनेको छ । चीनमा हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार आठ सय बढी मानिसको ज्यान गइसकेको छ ।

कोरोनाबाट ज्यान जानेको कुल संख्याको ३६.८० प्रतिशत संख्या इटलीको छ । हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० मानिसको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्