कोरोना महामारीः विश्वभर एकैदिन १६ सयभन्दा बढीको मृत्यु


 


एजेन्सी, चैत्र ११
कोरोना भाइरसको संक्रमणबाट इटाली र स्पेनमा एकैदिन १ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । चौबिस घण्टाभित्र ती दुई देशमा १ हजार ३६ जनाको मृत्यु भएको हो। सोमबार सार्वजनिक रिपोर्टअनुसार इटालीमा एकैदिन ६ सय १ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ३५ जनाको मृत्यु भएको छ ।

इटालीमा एकैदिन ४ हजार ७ सय ८९ जना नयाँ कोरोना संक्रमितहरु देखापरेका छन् । योसहित इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरको संख्या ६३ हजार ९ सय २७ पुगेको छ भने मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ ।

त्यस्तै स्पेनमा एकैदिन ४ हजार ३ सय २१ ज्ना नयाँ कोरोना संक्रमित बिरामीहरु भेटिएका छन् । योसहित स्पेनमा कोरोनाबाट संक्रमितहरुको संख्या ३३ हजार ८९ पुगेको छ भने मृत्यु हुनेका संख्या २ हजार २ सय ७ पुगेको छ । त्यस्तै सोमबारै फ्रान्समा १ सय ८६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या १६ हजार ६ सय ८९ पुगेको छ ।

त्यस्तै इरानमा एकैदिन १२७ जनाको मृत्यु भएको छ । यीसहित विश्वभर २४ घण्टाभित्रै मृत्यु हुनेको संख्या १६६९ पुगेको छ । अहिलेसम्म विश्वमा कोरोनाका कारण मर्नेको संख्या १६ हजार ३ सय ७ पुगेको छ भने संक्रमितहरुको बिरामीको संख्या ३ लाख ६८ हजार ९ सय ३६ पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्