लकडाउनको पहिलो दिन शान्त काठमाडौं, नियम उल्लंघन गरे ६ महिना कैद


 


काठमाडौं, चैत्र ११
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि मुलुकभर लकडाउन गरेको छ ।

देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

आज विहान ६ बजेबाट शुरु भएको लक डाउनका कारण उपत्यकालगायत देशैभरका बजार र शहर शून्य देखिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसको आवतजावत नै रोकेर कोरोनाको संक्रमणलाई रोक्न सकिने जनाएपछि हिजो नेपाल सरकारले एक साताका लागि लक डाउनको निर्णय गरेको हो ।

आज काठमाडौं सुनसान छन् । फाट्ट फुट्ट गुडेका सवारीसाधनलाई पनि प्रहरीले फार्काएको दृष्यहरु देखिन्छन् । मुख्यगरी नाकामा बढि कडाई गरिएको प्रहरीले जनाएको छ ।

लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ ।

डिसेम्बरको अन्त्यमा चीनबाट फैलिएको कारोनो संक्रमण गर्न चीन सफल भइसकेको छ । तर, विश्वका १९४ देशहरुमा यसको संक्रमण फैलिइसकेको छ । कोरोना संक्रमणबाट १५ हजार बढीको ज्यान गइसकेको छ भने साढे ३ लाख बढी मानिसहरु संक्रमित भएका छन् । १ लाख भन्दा धेरै मानिसहरु उपचारपछि निको भएका छन् ।
यद्यपी सरकारले अत्यावश्यक सामाग्री बोकेर हिड्न सवारी साधन, अस्पतालका सवारी साधन, सञ्चार माध्यमका सवारी साधन र सुरक्षा निकायका सवारी साधनलाई भने चलाउने दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्