ग्लोबल आइएमईद्धारा कोरोना संक्रमण रोक्न सरकारलाई १ करोड १५ लाख सहयोग


 


काठमाडौं, चैत्र १०
ग्लोबल आइएमई बैंकले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले चैत्र ९ गते ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ घोषणा गरेको छ ।

त्यसैगरी बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’मा पनि १५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेकोे छ ।

कान्तिपुरले पनि कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’ खडा गरेको छ ।

ग्लोबल आईएमईले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्