मोदीको जनता कर्फ्यु दक्षिण एसियामै लोकप्रिय


 


काठमाडाैँ, चैत्र १०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लागु गरेको ‘जनता कर्फ्यु’ दक्षिण एसियामै उहाहरणको रुपमा स्थापित भएको छ । कोरोना भाइरसविरुद्ध लड्ने मोदीको जनताको कर्फ्युको शैली एसियाको अर्को मुलुकहरुमा पनि लोकप्रिय बन्दै गएको छ ।

भारतपछि नेपालमा पनि लागु गरिएको लकडाउनकाे रूपमा जनता कर्फ्यु आजबाट बंग्लादेशमा पनि लागु गरिएको छ ।प्रधानमन्त्री मोदीले आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म सबै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गर्दे जनता कर्फ्यु लागु गरेका थिए । यसको पालना प्रत्येक जनताले स्वतः स्र्फुत गर्नुपर्ने भएकोले यसलाई जनता कर्फ्युकाे नाम दिइएकाे हाे।नेपाल र बंगलादेशका सरकारहरुले पनि यसै गरी आफना् नागरिकहरुलाई अत्वाश्यक अवस्थाबाहेक घरबाहिर आवतजावत नगर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री मोदीले कोरोनाका कारण विश्वमा संकट गुज्रिरहेको बताउँदै सरकारको निर्देशन स्वतःस्र्फुत रुपमा पालना गर्न गरेको आग्रहलाई भारतीय जनताले व्यापक समर्थन गरेका छन् । भारतीय आम जनता घर मै बसेर काेरोनोको क्षति न्यून गर्न सरकारलाई सहयोग गरिरहेको छ ।जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर नागरिकको हौसला बढाउन समेत उनले आग्रह गरेका छन् । यसरी ध्वनि गुञ्जिदा त्यसबाट उत्पन्न हुने कम्पनले किटाणुहरु नष्ट हुने पनि विभिन्न अध्ययनहरु प्रमाणित गरिसकेको छ ।

काठमाडौंको पनि कतिपय ठाँउमा आज साँझ ताली, थाल तथा घण्टीको आवाज गुञ्जिएको छ । जनता कर्फ्यु कोरोनोको भाइरसकाे विस्तारलाई कम गर्न निकै प्रभावशाली उपाय शिद्ध भएको छ । यसले उच्च जनघनत्व रहेको दक्षिण एसियामा कोरोनाको भाइरसकाे विस्तार कम गर्न महत्वपुर्ण भुमिका खेलेको छ ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्