वीरगन्जबाट ५२ बुलेट ग्यास भित्रियो


 


पर्सा, चैत्र १०
अत्यावश्यक वस्तुको आयातमा कुनै फरक नपर्ने गरी सरकारले नाका बन्द गरेसंगै सोमबार ग्यासका दुई बुलेट नेपाल भित्रिएका छन् ।

मन्त्रीपरिषद्को बैठकले सोमबारदेखि लागू हुने गरी भारत र चीनसँगका सबै नाका बन्द गरे पनि सोमबार ग्यासका ५२ बुलेट वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको छ।
नेपाल आयल निगमका अनुसार सोमबार नेपाल ग्यासका दुई बुलेट नेपाल भित्रिएका हुन ।

त्यस्तै, श्री ग्यासको एक, साईबाबा ६, र जानकी ग्यास ६ बुलेट नेपाल भित्रिएका छन् । निगमका अनुसार श्रीराम ग्यास १, गीता ग्यास ३, काब्सन ग्यास २ र गौरीशंंकर ग्यास ३ बुलेट नेपालतर्फ भित्रिएका छन् ।

त्यस्तै, श्रीकृष्ण ग्यास २, एभरेष्ट ग्यास २, सुगम ग्यास २, ओम ग्यास ३ र सगरमाथा ग्यास १ बुलेट नेपाल भित्रिएका छन् ।

निगमका अनुसार भानु ग्यास १, गृहलक्ष्मी ग्यास ४, नोबेल ग्यास ४, बाबा ग्यास २, साहारा ग्यास ४, एनपी ग्यास १, शक्ति ग्यास १ र मनोज ग्यास १ बुलेट नेपाल भित्रिएका छन् ।
सरकारले आइतबार बेलुका मानिसको आवतजावतमा रोक लगाउने गरी मात्र भारत र चीनतर्फका सबै नाका बन्द गरेको थियो ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्