भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुग्यो


 


काठमाडौं,चैत्र १०

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । सोमबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो ।यी व्यक्तिमा शुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

तर, उनी यो संक्रमणबाट निको भएका थिए । सोमबार उनको मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको हो ।कोरोना भाइरसको कारण मुम्बईमा मात्र तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतको सरकारले भने उनको मृत्यु कोरोना भाइरसकै कारण गएको हो भन्ने पुष्टि गरेको छैन ।

उनलाई पहिला नै दम र मधुमेहको रोग रहेको बताइएको छ । भारतमा यो भाइरसको संक्रमण अहिलेसम्म ४२५ जनामा देखिएको छ ।

सोमबार भारतीय अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र १५ नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये १४ नयाँ संक्रमित मुम्बईमा देखिएका छन् भने एकजना पुणेमा फेला परेका हुन् ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्