बढी मूल्यमा बसको टिकट विक्री गर्ने २० जना पक्राउ


 


काठमाडौँ, चैत्र १०
सार्वजनिक बसको टिकट बढी मूल्यमा बेचेको अभियोगमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपेश कार्की, देवेन्द्र कार्की, सन्तोष श्रेष्ठ, गोविन्द बुढाथोकी, कमल गुरुङ, लालबहादुर भुजेल, रोशन राणा कुँवर, कर्ण थिङ, आकाश लामा, शुक्र लामा, तिलक लामा, गौतम तामाङ रहेका छन् ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुदर्शन रसाइली, दिनेश शाह, जयन्द्र कुमार शाही, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, मानसिंह रुम्बा पनि पक्राउ परेका छन् ।

यात्रुको चाप बढेको मौका पारेर तोकिएभन्दा बढी मूल्यमा बसको टिकट विक्री गरेको भनि ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा आएको गुनासोका आधारमा सहज र सुरक्षित यात्राका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रु बनेर स्टिङ अपरेशन चलाएको थियो । सोही क्रममा आइतबार २० जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्