तीन मृत फेला


 


काठमाडौँ, भदौ ३० काठमाडौंका छुट्टाछुट्टै स्थानमा आज तीन व्यक्ति मृत अवस्थामा फेला परेका छ्न ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७ मैजुवहालका ५६ वर्षीय सानुभाई घले सोही ठाउँस्थित सडक पेटीमा आज मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका–८ डेरा गरी बस्ने सोही ठाउँस्थित टेलिकममा चौकीदारको काम गर्ने धनुषा लखनपुरका ५२ वर्षीय हरिधामी दनुवार उनकै कोठाभित्र आज मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका–३० महावौद्धमा पहिचान खुल्न नसकेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्