क्वारेन्टाइनमा राखिएका ५ सय बढी नेपाली भागे


 


नेपालगन्ज, चैत्र १०
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय ब्यक्तिहरु भागेका छन् । नेपालगन्ज सिमा नाकाबाट सोमबार उद्दार गरि ल्याएर राखिएका ती ब्यक्तिहरु भागेका हुन् ।

धेरै जसो क्वारेन्टाइनबाट भागेपछि अहिले २ सय देखि ३ सयसम्म जतिको संख्यामा रहेका छन् ।सबै जसो युवाहरु फरार भएका छन् । अहिले क्वारेन्टाइनमा महिला, बच्चा- बच्ची लगायत वृद्धबृद्दा रहेका छन् । भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिम् तिरको पर्खालबाट भागेको बताइएको छ।

दिउँसो एक बजे सम्मको अन्तिम समयसम्म नेपालगन्जको सिमा नाका जमुनहामा प्रबेश गराएर स्वास्थ्य जाँच गराएका ८०० जनालाई क्वारेन्टाइनमा पुर्याइएको थियो।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्