चितवनमा ‘लकडाउन’, मुख्य नाकामा प्रहरीकाे बक्लाे उपस्थिती


 


काठमाडाैँ, चैत्र १०
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिनकाे लागि चितवनामा अन्तरजिल्लाका सवारीसाधन चलाउनमा राेक लगाइएकाे छ। बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाएपछि अवागमन ठप्प भएकाे छ।

सरकारले सोमबारदेखि लामो दूरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो ।

चितवन प्रवेश गर्ने मुख्य नाकाहरूमा प्रहरीकाे उपस्थिती रहेकाे छ। बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए ।

चितवन प्रवेश गर्ने मुख्य नाकाहरू लोथर, पुलचोक, मुग्लीङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो । निजी सवारी साधन र मालवाहक साधनहरु भने सञ्चालन गर्न दिइएको छ । त्यस्तै चितवनबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो दूरीको सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

के हो लकडाउन ?
लकडाउन भनेको सम्पूर्ण रूपमा बन्द गर्ने अवस्था हो । लकडाउन भए आवतजावत पूर्णरूपमा बन्द हुन्छ । लकडाउनको अवस्था पूर्ण कार्यान्वयन गर्न नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसमेत परिचालन हुन्छन् ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्