काठमाडौंमा एक किशाेरीमा कोरोना संक्रमण, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि


 


काठमाडौं, चैत्र १०
चीनबाट सुरू भइ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण काठमाडौंमा पनि देखिएको छ ।

चैत ४ गते मंगलवार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया किशोरीमा कोरोनाको संक्रमण देखिएको हो।

होम क्वारेन्टाइनमा रहेकी ती किशोरीमा कोरोना भाइरस ( कोभिड–१९) का संक्रमण देखिएको सोमवार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

हिजो टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको हो। यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर, उनी उपचारपछि घर फर्किसकेका छन्।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्