भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च, २४ घन्टामा ८१ जना संक्रमित


 



दिल्ली, चैत १०
भारतमा कोरोनाभाइरस (कोविड-१९) को संक्रमण तीब्र रुपमा फैलिरहेको छ। २४ घन्टामा ८१ जनामा कोरोनाको संक्रमण फैलिएको छ। एक दिनमा संक्रमीत हुने यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि गत हप्ता २४ घन्टामा ५० जना संक्रमित भएका थिए। मृत्यु र सक्रिय घटनाहरूको संख्या बढ्दै गएपछि केन्द्रले बढी प्रभावित जिल्लाहरूमा लकडाउन शुरु गर्न निर्देशन दिएको छ।

पत्रकारहरूसँग कुरा गर्दै स्वस्थ्या मन्त्रालयका सहसचिव लाभ अग्रवालले लकडाउन गर्न भनिएको बताए। केन्द्रले सबै राज्य सरकारहरूलाई कोरोनाका बिरामीहरूको उपचारका लागि अस्पतालहरू तोक्न पनि भनिसकेको उनले बताए।

भारतीय मेडिकल रिसर्च काउन्सिलका महानिर्देशक बलराम भार्गवले भने, ूराज्य स्वास्थ्य सचिवहरूसँगको छलफलपछि बिरामीहरूको राम्रो हेरविचार गर्ने निर्णय गरिएको बताए । ‘हामी केवल भाइरसको प्रसारलाई विदेशबाट आएका मानिसहरुलाई टाढा गरेर ब्रेक गर्न सक्छौं’ भार्गवले भने।

भारतमा अहिलेसम्म चारसय जनाभन्दा बढीलाई संक्रमण भैसकेको छ। हालसम्म ६ जनाको मृत्यु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्