प्रतिबन्धित विप्लवका दाजु चन्दसहित ६ जना पक्राउ


 


काठमाडाैँ, चैत्र १०
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका माहिला दाजु पक्राउ परेका छन्। विप्लवका माहिला दाजु चयन्द्र चन्दलाई ललितपुर प्रहरीले जावलाखेलबाट पक्राउ गरेको हाे।

प्रहरील चन्द लगायत ६ जननालाई हिजो राति ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि सेफ हाउसमा राखेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्