कोरोनाको डर : जेलभित्र भागदौड मच्चिदा २३ जनाको मृत्यु


 



एजेन्सी
कोलम्बियामा जेलभित्र कोरोनाभाइरसको संक्रमण फैलिएको हल्लापछि त्रासका कारण भागदौड हुँदा २३ जनाको मृत्यु भएको छ ।

भागदौडकै क्रममा ८० जना भन्दा बढि कैदी घाइते भएका छन् । देशका अन्य भागमा रहेका कयौ जेलमा समेत जेलबाट भाग्न खोजेका घटनाहरु भइरहेका अन्र्तराष्ट्रिय समाचारहरुमा उल्लेख
छ।

देशकै सबैभन्दा ठूलो मोडेलो कारागारामा रहेका कैदीबिच भागदौड मच्चिदा ठुलो संख्यामा कैदीले ज्यान गुमाउनुपरेको बीबीसीले उल्लेख गरेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन खोज्दा जेलमा कार्यरत सात जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् । तर त्यहाँ सरकारले हालसम्म कुनैपनि कैदि बन्दिमा रोगको संक्रमण नदेखिएको दाबी गरेको छ ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्