गृहमन्त्री र भारतीय राजदूत भेटवार्ता


 


काठमाडौँ, चैत्र ९
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा छलफल भएकाे गृह मन्त्रालयले जनाएकाे छ।

नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हालेका राजदुत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उहाँको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वाँस व्यक्त गरे । भेटमा उनले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबिच सहकार्यको आवश्यकतामा जोड दिए । यसै सन्दर्भमा नेपाल–भारतसिमाबाट सो महामारी नफैलियोस भनेर सीमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदुत क्वात्रासँग आग्रह गरेको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे ।

राजदुत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहाँसिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्तगरे । कोरोना भाइरस विरुद्धको लडाईमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको उनले बताए ।

कोरोनाको क्रासपछिको अवस्थामा नेपाल–भारत सिमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबिच पनि छलफल भईसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफुहरु तयार रहेको बताए । उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफुले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराए ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्