दिल्लीमा पेट्रोल बम प्रहार


 


काठमाडाैं, चैत्र ९
भारतकाे राजधानी दिल्लीमा पेट्रोल बम प्रहार भएको छ। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतमा जारी जनता कर्फ्युकाबीच पेट्रोल बम प्रहार भएपछि ठुलाे मात्रमा प्रहरी परिचालन गरिएकाे बीबीसीले जनाएकाे छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानपछि जारी जनता कर्फ्युबीच दिल्लीको शाहीन बागमा पेट्रोल बम हमला भएको हो। बिबिसी हिन्दीका अनुसार शाहीन बागमा सुरुमा तोडफोड र त्यसपछि पेट्रोल बमबाट हमला भएको छ।

शाहीन बागमा डिसेम्बर १५ देखि नै नागरिकता संशोधन कानुनविरद्ध महिलाहरू प्रदर्शनमा छन्। प्रहरीले घटनाको पुष्टि गरे पनि पेट्रोल बम हमला नै भएको बारे केही नभनेको बिबिसी हिन्दीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेकोले थप जानकारी दिन मानेको छैन। कोरोना भाइरसका कारण शाहीन बागमा प्रदर्शन गरिरहेका महिालहरुलाई प्रदर्शन स्थगित गर्न भनिए पनि उनीहरुले अटेर गरेका थिए। हमलालगत्तै घटनास्थल पुगेका एक व्यक्तिले नाम नखुलाउने सर्तमा हमलाकारी मोटरसाइकल चढेर आएका बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। आज थप १ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। संक्रमितको संख्या ३ सय ५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३ जनामा कोरोना संक्रमण भेटिएको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ । एजेन्सी

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्