नक्सलवादी र जवानबीच भिडन्त, १७ जवान मारिए


 


एजेन्सी, चैत्र ९
भारतकाे छत्तीसगढ़मा नक्सलवादी र जवानबीच ठूलो भिडन्त भएको छ। सुकमामा भएको नक्सली आक्रमणमा परी १७ जवान मारिएका छन् भने १४ जनान घाइते भएका छन्। डीआरजी-एसटीएफका जवानहरूले पहिलो पटक यति ठूलो क्षति भोग्नु परेको छ। शनिबार यस नक्सलवादी मुठभेडमा १७ जवान शहीद हुने खबर छ। शहीद भएका सैनिकहरूमा एसटीएफ र डीआरजीका जवानहरू रहेका थिए।

यस घटनामा १४ जवान घाइते भएका छन् जसलाई हेलिकप्टरको सहयोगमा थप उपचारकाे लागि रायपुर रेफर गरिएको छ। बस्तरको इतिहासमा पहिलो पटक, डिआरजी अर्थात जिल्ला रिजर्भ गार्डका जवानहरूले यति ठूलो नोक्सानी भोग्नु परेको छ। मारिएका १७ जवानमध्ये १२ जना डिआरजीबाट आएका थिए। डीआरजी सुरक्षा जवानहरूको टोली हो जुन स्थानीय युवाहरूले गठन गरेका छन, जुन नक्सलवादीहरूका बिरूद्ध सबैभन्दा प्रभावकारी रहेको छ। नक्सलवादीहरूले सैनिकाे १५ हतियार पनि लुटे। जसमा एके ४७, आईएनएसएएस, एलएमजी र युबीजीएल जस्ता हतियार छन्।

वास्तवमा जवान र नक्सलवादीबीच भएको भिडन्तकाे घटना शनिबार दिउँसो साढे २ बजे भएकाे थियाे। घटना कोराजगुडाको चिन्तागुफा क्षेत्रको हो जहाँ सशस्त्र बल र प्रहरीले नक्सलवादीहरूको बिरूद्ध संयुक्त कारबाही शुरू गरेका थिए। यस अभियानमा, पुलिस डिस्ट्रिक रिजर्व गार्ड (डीआरजी), विशेष टास्क फोर्स र कोबरा (रिजोलुसन एक्शन फर कमाण्डो बटालियन) बाट एक अर्कासँग मिले। संयुक्त टोलीलाई अल्मागुण्डा नजिकै नक्सलीको लुक्ने बारेमा जानकारी गराइएको थियो। यस गुप्तचरको आधारमा यसको चिन्तागुफा, बुर्कापाल र टाइमवाडा शिविरबाट संयुक्त टोलीले नक्सलवादीहरूविरूद्ध ठुलो कारवाही शुरू गरेकाे थियाे।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्