४ बजे मन्त्रिपरिषद् बैठक बस्दै


 


काठमाडौं, चैत्र ९
आज ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

आइतबार बस्ने मन्त्रिपरिषद बैठक मुख्यतः विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका विषयमा नै केन्द्रित रहने स्रोतले बताएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्